राजनीति

माधव नेपाल अस्पताल भर्ना

इकागज |
असोज १३, २०७८ बुधबार २१:५९ बजे

काठमाडौँ – नकेपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना भएका छन् । बुधबार साँझ ज्वरो आएपछि नेपाल अस्पताल भर्ना भएका हुन् । 

ज्वरो र रुघाखोकीको समस्या देखिएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो । ‘एक दुई दिनअघि नै उहाँलाई सामान्य ज्वरो र रुघाखोकी देखिएपछि पीसीआर टेस्ट गरिएकोमा कोभिड नेगेटिभ देखिएको थियो । कार्यव्यस्तता र धपेडीका कारण ज्वरो आएको हुनसक्छ,’ केन्द्रीय सदस्य रामकुमारी झाक्रीले इकागजसँग भनिन् ।


नेपालको स्वास्थ्य अहिले सामान्य रहेको उनकाे सचिवालयले जानकारी दिएको छ । नेपाललाई चिकित्सकले केही दिन आरामसहित उपचार गर्नुपर्ने सल्लाह दिएका छन् । नेपालको उपचारमा त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छातीरोग विशेषज्ञ डा. सन्तकुमार दास सहितको टोली संलग्न रहेकाे सचिवालयले जनाएकाे छ ।


Author

थप समाचार
x