जनताको चेतनास्तर उकास्न राजनीतिक कक्षा आवश्यक : नारायणमान बिजुक्छे
काठमाडौँ – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले जनताको चेतनास्तर उकास्न राजनीतिक कक्षा आवश्यक भएको बताएका छन् । कोभिड–१९ को जोखिमको सामना गर्नेबारे ख्वप अस्पतालका चिकित्सक एवम् नर्सहरूसँग शुक्रबार अन्तरक्रिया गर्दै अध्यक्ष बिजुक्छेले नागरिकको आर्थिक अवस्थामा सुधार ल्याउनु जरुरी रहेको बताए ।
अस्पतालमा गुणस्तरीय सेवा प्रवाह गर्न व्यवस्थापन पक्ष बलियो हुनुपर्नेमा जोड दिँदै अस्पतालले जनताको विश्वास जित्नुपर्ने उनको भनाइ छ । अध्यक्ष बिजुक्छेले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको व्यवहार सधैं नम्र हुनुपर्ने धारणा राखे ।
कार्यक्रममा ख्वप अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अस्पतालले दिने सेवा प्रवाहमा जनताको गुनासो र विरोध हुने कुनै पनि काम नगर्न आग्रह गरे । चिकित्सकको असल व्यवहारका कारण जनताको अस्पतालप्रतिको अपनत्व कायम हुने उनको भनाइ छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया