राजनीति

देउवा नेतृत्वको सरकार असफल : महन्थ ठाकुर

इकागज |
असोज १७, २०७८ आइतबार २१:२७ बजे

फाइल फाेटाे

सप्तरी – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले देशमा अस्थिरता ल्याउन विभेद अन्त्य हुनुपर्ने बताएका छन् । पार्टीले आइतबार राजविराजमा आयोजना गरेको स्वागत तथा समान्न कार्यक्रममा उनले नेपालको राजनीति स्थिरता नभएसम्म कुनै पनि सरकार टिक्न नसक्ने बताएका हुन् । 

अहिले गठबन्धनमा पनि मन्त्रिमण्डल विस्तारका नाममा मतभिन्नता भइरहेको भन्दै उनले देउवा सरकार बनेको झण्डै तीन महिना हुन लाग्दा मन्त्रिपरिषद् गठन गर्न नसकेर सरकार असफल भएको उल्लेख गरे ।


पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले पहिचानसहितको संघीयता, समावेशिता, लैंगिकता, मधेसी, मुस्लिम, थारुलगायत अधिकार प्राप्तिका लागि संविधान संशोधन  हुनुपर्ने बताए । जनताको पहिचानको अधिकार नभएसम्म संघर्ष जारी रहने भन्दै उनले अधिकार प्राप्तिका लागि राष्ट्रिय मुक्ति आन्दोलनको जरुरी रहेको धारणा राखे । नेता शरदसिंह भण्डारीले मधेसको मुद्दा समेट्न संविधान संशोधन हुनुपर्ने बताए । उनले मधेसीको अधिकारका लागि सबै पार्टी एकबद्ध हुनुपर्ने जोड दिए ।


Author

थप समाचार
x