चीनविरुद्ध लोसपाको प्रदर्शन
जनकपुरधाम – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को भातृ संगठन लोकतान्त्रिक युवा संघले जनकपुरधाममा चीनविरुद्ध नाराबाजी गरेको छ । विरोध प्रदर्शनमा सहभागी लोसपानिकट युवाहरूले नेपाली भूमि मिच्न पाइँदैन, गो ब्याक चाइनालगायतका नारा लगाएर चीनको विरोध गरेका छन् ।
‘चीनले नेपालको सीमावर्ती क्षेत्र अतिक्रमण गरेको विरोधमा हामीले प्रदर्शन गरेका हौं,’ संघका जिल्ला संयोजक प्रशान्त झाले भने, ‘चीनले नेपाली भूमि अतिक्रमण गरेकोबारे नेपाल सरकारलाई दबावस्वरूप हामीले प्रदर्शन गरेका हौं । नेपाली भूमि अतिक्रमण मुक्त नभएसम्म हाम्रो आन्दोलन जारी रहनेछ ।’
संघका प्रशान्त झाको अगुवाइमा जनकपुरधामको रेलवे स्टेशनमा निस्केको विरोध र्याली जनक चोकमा पुगेर कोण सभामा परिणत भई सम्पन्न भएको छ । चीनले पटक-पटक नेपाली सीमा मिचे पनि त्यसबारे नेपाल सरकार मौन रहँदै मतियार बनेको आरोप लगाए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया