चिनियाँ राजदूतले भेटिन् परराष्ट्रमन्त्री खड्कालाई
काठमाडौँ - नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार परराष्ट्र मन्त्री डा.नारायण खड्कासँग शिष्टचार भेट गरेकी छन् । भेटमा दुईबीच विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार कोभिड-१९ विरुद्धको खोपका विषयमा पनि छलफल भएको थियो । ‘आज परराष्ट्र मन्त्री डा.नारायण खड्का र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच छलफल भयो । नेपाल-चीन मामिला, खोपमा सहकार्य लगायतकमा विविध विषयमा छलफल भयो,’ परराष्ट्र मन्त्रालयले भनेको छ ।
H.E. Ms Hou Yanqi, Ambassador of the People’s Republic of China paid a courtesy call on Hon. Foreign Minister Dr. Narayan Khadka today. A wide range of issues on Nepal-China relations including vaccine cooperation were discussed during the meeting. pic.twitter.com/9nq87hir9x
— MOFA of Nepal 🇳🇵 (@MofaNepal) October 4, 2021
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया