राजनीति

सत्तारुढ गठबन्धनमा मन्त्रालय भागबण्डा टुंगियो

इकागज |
असोज १९, २०७८ मंगलबार १२:३९ बजे

काठमाडौँ- सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूले मन्त्रालय भागबण्डा टुंग्याएका छन् । आज बिहान बसेको शीर्ष नेताहरूको बैठकले मन्त्रालय भागबण्डा टुंग्याएका हुन् ।

'मन्त्रालय भागबण्डा टुंगिएको छ' कानुन मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले इकागजसँग भने 'यसकै आधारमा मन्त्रिपरिषद्‌ विस्तार हुन्छ ।' मन्त्री कार्कीले कुन दलले कति मन्त्रालय पाउने भन्‍नेबारे खुलाउन चाहेनन् ।


प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफन्तहरूलाई मन्त्री पद सत्ता गठबन्धनसँग मागेको भन्‍ने समाचारमा सत्यता नभएको मन्त्री कार्कीले दाबी गरे ।
 


Author

थप समाचार
x