राजनीति

जनगणनाका गणकको 'सर्ट लिस्ट' सार्वजनिक

इकागज |
असोज १९, २०७८ मंगलबार २०:१० बजे

काठमाडौँ - राष्ट्रिय जनगणनाको मूल गणना कार्यका लागि आवश्यक गणकहरूको 'सर्ट लिस्ट' गर्ने काम सम्पन्‍न भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । विभागले 'सर्ट लिस्ट'मा परेका गणकलाई १ देखि ५ कात्तिकसम्ममा सम्बन्धित जिल्लाका जिल्ला जनगणना कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ । गणक तालिम स्थानीय जनगणना कार्यालयमा १३ देखि १६ कात्तिकसम्म हुनेछ ।

सर्ट लिस्ट गरिएका गणकको नतिजा विभागको वेबसाइट  https://cbs.gov.np वा  https://www.censusnepal.cbs.gov.np/ मा हेर्न सकिन्छ । नतिजा हेर्न दरखास्त फारममा उल्लेख गरिएको मोबाइल नम्बर वा एनपीएचसी नम्बर इन्ट्री गरी हेर्न सकिन्छ ।


२५ कात्तिकदेखि ९ मंसिरसम्म संचालन हुने मूल गणनामा ३९ हजार गणकका लागि आवेदन माग गरिएको थियो । झण्डै एक लाख ५० हजारले आवेदन दिएका थिए । तर, विभागले आवश्यक गणकको संख्याभन्दा ३० प्रतिशत बढी गणकलाई सर्ट लिस्ट गरिएको बताएको छ ।

सर्ट लिस्टमा स्थानीय व्यक्तिलाई प्राथमिकता दिएको विभागको भनाइ छ । यसका अतिरिक्त रोजेका ठाउँको संभाव्यता, विगतमा गरेको कामको अनुभव, शैक्षिक योग्यताको श्रेणी आदिलाई आधार मानेर नतिजा सार्वजनिक गरिएको बताइएको छ ।


Author

थप समाचार
x