बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक, मन्त्रीको नाम टुंग्याउने तयारी
काठमाडौँ – नेपाली कांग्रेसबाट मन्त्री बन्ने थप नेताको नामको विषयमा टुंगो लगाउन पदाधिकारी बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ ।
बैठकमा सभापति देउवासहित बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, नेता कृष्ण सिटौला, प्रकाशमान सिंह, डा. प्रकाशशरण महतलगायतका नेता सहभागी छन् ।
देउवाले पौडेल पक्षलाई मन्त्रीको लागि दुई जनाको मात्रै नाम सिफारिस गर्न भनेका छन् । आजको बैठकले कांग्रेसबाट मन्त्री बन्नेहरूको नाम टुंगो लगाउने बताइएको छ । पदाधिकारी बैठकअघि वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहले छुट्टाछुट्टै छलफल गरेको थियो।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया