कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेललाई कोभिड संक्रमण
काठमाडौँ - नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेललाई कोभिड-१९ संक्रमण भएको छ। बुधबारदेखि ज्यान दुख्नेलगायत समस्या देखिएका पौडेलले बिहीबार पीसीआर परीक्षण गरेका थिए।
परीक्षणमा उनलाई संग्रमण देखिएको उनी निकट नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए । उनले बिपी स्मृति अस्पताल बसुन्धारामा कोभिड परीक्षण गरेका थिए ।
उनको स्वास्थ्य अवस्था सामान्य रहेको भट्टले बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया