राजनीति

प्रदेश २ मा प्रदेशसभाका विषयगत समिति पदाधिकारी हेरफेर

इकागज |
असोज २२, २०७८ शुक्रबार २०:१३ बजे

जनकपुरधाम – प्रदेश २ प्रदेश सभाका विभिन्न विषयगत समितिको पदाधिकारी हेरफेर गरिएको छ । शुक्रबार बसेको  प्रदेश सभाको बैठकबाट समितिका पदाधिकारीहरू हेरफेर गरिएको हो । सार्वजनिक लेखा समितिमा सत्तारुढ दल जनता समाजवादी पार्टी, नेपाल (जसपा)बाट सांसद रामकिशोर प्रसाद यादव, प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट प्रह्लाद गिरी गोस्वामी र अभिराम शर्मालाई राखिएको छ । गिरी यसअघि प्रदेश मामिला समितिमा थिए भने शर्मा सामाजिक विकास राज्यमन्त्री थिए ।

कृषि तथा भूमि व्यवस्थापन समितिमा जसपाबाट सुरेश मण्डल, सिंहासन साह कलवार, प्रदेश मामिला समितिमा ज्ञानेन्द्र यादव, सरोज कुमार सिंह र प्रमुख प्रतिपक्षी दल लोसपाबाट बबिता कुमारीलाई राखिएको छ । यादव पुर्वआन्तरिक मामिला तथा सञ्चारमन्त्री हुन् भने सिंह सोही मन्त्रालयका पुर्वराज्यमन्त्री हुन् । बबिता यसअघि सार्वजनिक लेखा समितिमा थिइन् ।


प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीबाट जीतेन्द्र सोनल र जानकी शरण साहलाई प्राकृतिक श्रोत तथा वातावरण समितिमा, अर्थ तथा योजना समितिमा डिम्पल कुमारी झालाई समितिमा राखिएको छ । सोनल पुर्वभौतिक पुर्वाधार विकासमन्त्री हुन् भने झा भौतिक पुर्वाधार विकास राज्यमन्त्री थिए ।

यस्तै सभाको बैठकबाट दलीय सहमतिमा सभामुुख अध्यक्ष तथा उपसभामुख उपाध्यक्ष रहने गरी कार्यव्यवस्था परामर्श समिति पनि गठन गरिएको छ । मन्त्रीसमेत सदस्य रहने सो समितिमा प्रदेश सभा सदस्यहरू उपेन्द्र महतो, किशोरी साह कमल, चमेली देवी दास, दिलिपकुमार साह, परमेश्वर साह रामआशिष यादव, शैलेन्द्र यादव, शोभा लामा, सरोजकुमार सिंह, सावित्रीदेवी साह र सुरिताकुमारी साह सदस्य छन् ।


Author

थप समाचार
x