राजनीति

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र एकीकृत भन्सार चौकीको विकासको कार्ययोजना तयार छ : गृहमन्त्री

इकागज |
कात्तिक १, २०७८ सोमबार १६:५५ बजे

बुटवल - गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको समृद्धिको लागी सदैव प्रयत्नशिल रहने प्रतिबद्धता जनाएका छन् । रुपन्देहीको विकासले देशकै विकासको आधारशिला तयार गर्ने भएकोले रुपन्देहीको विकासको लागी सार्थक प्रयत्न गर्ने उनले जनाएका हुन् ।

गृहमन्त्री भएपछि पहिलो पटक गृह जिल्ला आएका खाणले भैरहवामा आयोजित कार्यक्रममा बोल्दै रुपन्देहीमा रहेको गौतम बुद्ध अर्न्तराष्ट्रिय विमानस्थल र एकीकृत भन्सार चौकीको विकासको कार्ययोजना तयार पारेको बताए । उनले बेलहियामा मालबाहक गाडीहरूको पार्किङको समस्यालाई समाधान गर्न अहिले आईसीपीको लागी खाली रहेका जग्गामा पार्किङ्गको व्यवस्था मिलाउन तयारी गरिएको उनले जनाए ।


 उनले विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउने प्रयास भइरहेको उनको भनाइ छ । यस्तै गल्छी–चितवनमा सुरुङ मार्गको विषयमा पनि सरकारले प्रयत्न गरिरहेको उनको भनाइ छ । यो रुट तयार भएपछि काठमाण्डौं र विशेष गरी पश्चिमी तराई क्षेत्र जोडिने उनको विश्वास छ ।

फरक प्रसंङ्गमा बोल्दै खाणले अहिले कांग्रेस विभिन्न गठबन्धनसँग मिलेर सरकारमा जानु परेको जिकिर गरे । कांग्रेसले नचाहँदा नचाहँदै निकास दिन सरकारमा गएको उनको भनाइ छ । उनले गठबन्धन प्रति सम्मान व्यक्त गर्नु पर्ने बताए । पार्टीलाई जोगउँदै गठबन्धनलाई सम्मान गर्नु पर्ने उनको भनाइ थियो ।

नेपाली कांग्रेसका नेता प्रेम नारायण खरेलको शोक सभामा भाग लिन रुपन्देही आएका गृहमन्त्री खाणले शोक सभापछि बुटवलको ज्योतीनगरमा गएको पहिरोको नीरिक्षण गरेर समुचित व्यवस्था गर्न, यहाँका सुरक्षा निकायका प्रमुखहरूसहितको बैठकमा पनि भाग लिए । 


Author

थप समाचार
x