राजनीति

श्रम मन्त्रीद्वारा श्रम कार्यालय बुटवलमा छड्के

इकागज |
कात्तिक ३, २०७८ बुधबार १४:२३ बजे

बुटवल - श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किसान श्रेष्ठले श्रम कार्यालय बुटवलमा छड्के निरीक्षण गरेका छन् । मन्त्री नियुक्त भएपछि पहिलो पटक बुटवलका आएका मन्त्री श्रेष्ठले बुटवलको रामनगरमा रहेको श्रम कार्यालयमा बुधबार छड्के निरीक्षण गरेका हुन् ।

निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले सेवाग्राहीलाई सर्वसुलभ सेवा दिन कर्मचारीहरूलाई निर्देशन दिए । निरीक्षणका क्रममा मन्त्री श्रेष्ठलाई सेवाग्राहीहरूले दिनमा ५०/६० वटाको मात्रै  काम भएकाे हुँदा अनलाइन फर्म भरेर हप्तादिनसम्म कुर्नु परेको भन्दै तत्काल समस्या समाधन गरिदिन आग्रह गरे ।


मन्त्री श्रेष्ठले सेवाग्राहीका समस्या समाधान गर्नका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् । निरीक्षणमा लुम्बिनी प्रदेशकी कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरीक मन्त्री रमा घर्तीसमेत गएकी थिइन्  ।


Author

थप समाचार
x