तिहारलगत्तै मन्त्रीको काम देखिन्छ : मन्त्री श्रेष्ठ
बुटवल - नेकपा (एकिकृत समाजवादी) का नेता एंव श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ ले तिहारलगत्तै सरकारको स्पिड बढ्ने बताएका छन । उनले अहिले मन्त्रालयको कार्ययोजना बनाउने काममा ब्यस्त भएको भन्दै तिहारलगत्तै स्पिड बढ्ने बताए ।
नेकपा एकिकृत समाजवादी रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री श्रेष्ठले देखिने गरी काम गर्ने दाबी गरे । ‘समाजवादीबाट गएका मन्त्रीहरूको देखिने गरी काम हुनेछ’ मन्त्री श्रेष्ठले भने ।
मन्त्री श्रेष्ठले कोरोना महामारीका कारण बैदेशिक रोजगारीमा गएका नेपालीहरुले भोगेका समस्या समाधानका लागि कुटनीतिक रुपमा पहल गरिरहेको समेत बताए । उनले सामाजिक सुरक्षा कोष कार्यान्वयनमा देखिएको समस्या, श्रम कार्यालयहरुलाई दिने सेवालाई छिटो छरितो बनाउने, श्रम सम्झौता भएका देशहरुसँग परापर्श गर्ने लगायतका काम भइरहेको बताए ।
उनले नेपालका लाखौं श्रमिकहरुलाई मध्यनजर गरेर श्रमिक अस्पताल बनाउने समेत बताए । उनले बैदेशिक रोजगारीमा जानेहरूलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाउने प्रबन्ध मिलाउने समेत बताए । ‘विदेश जानेहरूलाई सहज रुपमा खोप लगाउने व्यवस्था हुन्छ’ मन्त्री श्रेष्ठले भने, ‘त्यतिमात्रै होईन अब प्रत्यके बसपार्कमा नै बसेर खोप लगाउने सरकाको योजना छ ।’ उनले सकेसम्म युवाहरूलाई स्वदेशमै राख्ने वातावरण सृजना गर्न समेत सरकार प्रतिबद्ध भएको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया