बागमती प्रदेश
संविधानको भावनाअनुसार नै मैले विश्वासको मत माग गरेको छु : मुख्यमन्त्री शाक्य
काठमाडौँ – बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफूले संविधानको भावनाअनुसार नै विश्वासको मतको प्रस्ताव दर्ता गरेको बताएकी छन् । प्रदेश सभाको आजको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले वर्तमान सरकारले संविधान विपरीत अध्यादेश ल्याएर दल विभाजन गरेकोको पनि बताइन् ।
उनले आफूलाई मुख्यमन्त्री बनाउनेहरुले नै सोही दिनदेखि आफूविरुद्ध गतिविधि गरेको आरोप पनि लगाइन् ।
‘मलाई मुख्यमन्त्री बनाउने केही माननीयहरु मेरो विरुद्ध लागेको जानकारी मलाई नभएको होइन । तर, म त्यस्ता गतिविधिमा लागिनँ,’ उनले भनिन्, ‘संविधानमा परिकल्पना नै नभएको अध्यादेश ल्याइयो । यो निन्दनीय छ । यो अध्यादेशकै कारण एमालेका केही सदस्य अन्य पार्टीमा सूचीकृत हुनु भयो । संसद्बाट एमाले विभाजन भएको जानकारी भयो ।
संविधानको भावनाको सम्मान गर्दै मैले विश्वासको मत लिन संसद् सचिवालयमा प्रस्ताव पेस गरेको थिएँ । आज प्रस्तावको प्रक्रिया सुरु भएको छ ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया