राजनीति

बागमती प्रदेशको मुख्यमन्त्री बन्दै राजेन्द्र पाण्डे

नेकपा (एकीकृत समाजवादी) र कांग्रेसले आधा-आधा समय सरकारको नेतृत्व गर्ने

इकागज |
कात्तिक ४, २०७८ बिहीबार १७:८ बजे

फाइल तस्बिर

हेटौंडा -  बागमती प्रदेशको नेतृत्व नेपाली कांग्रेस र नेकपा एसले आधा–आधा समय गर्ने सहमति भएको छ । बिहीबार हेटौंडामा भएको दलहरूको बैठकले नेकपा एसले पहिले प्रदेशको नेतृत्व गर्नेछ । नेकपा एसबाट राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्दैछन् । 

बिहीबार हेटौंडामा बसेको माओवादी, कांग्रेस र नेकपा एसको बैठकले एकीकृत समाजवादीका राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बन्न प्रस्ताव गरेको माओवादी बागमती प्रदेशको संसदीय दलको नेता शालिकराम जम्मकट्टेलले बताए । उनले गठबन्धनको निर्णय भइसकेकोले मार्गप्रदर्शन गर्न मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई आग्रह गरे । 
तीन दलको बैठकले राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने पक्का गरेसँगै बागमती प्रदेशमा नयाँ सरकार बन्ने भएको हो । 


मुख्यमन्त्री शाक्यले  असोज २४ गते प्रदेश सभा बैठकमा विश्वासको मत लिन प्रस्ताव पेश गरेकी थिइन् । प्रस्तावमाथि बिहीबारबाट छलफल सुरु भएको छ । मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने या  राजीनामा दिएर गठबन्धनको सरकारलाई बाटो खुल्ला गर्ने तय भएको छैन । बिहीबार पनि मुख्यमन्त्री शाक्यले विश्वासको मत नलिने भएकी छिन् ।


Author

थप समाचार
x