'प्रदेशमा अष्टलक्ष्मीविरुद्ध राजेन्द्र पाण्डे उभिने दिन आयो'
फाइल तस्बिर
हेटौंडा - बागमती प्रदेशमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यविरुद्ध राजेन्द्र पाण्डे उभिएका छन् । शाक्यले प्रतिगनको साथ दिएसँगै शाक्यविरुद्ध राजेन्द्र पाण्डे उभिने दिन आएको पाण्डेले बताए । नेकपा एस बागमती प्रदेशको संसदीय दलको नेता पाण्डेले अल्पमतमा परेको ३९ दिनसम्म पनि मुख्यमन्त्री शाक्यले सरकार चलाएको भन्दै गठबन्धनको सरकारलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताए ।
विश्वासको मत ३० दिनभित्र लिनसक्नुपर्ने भएपनि मत नलिएर सरकार चलाइरहेको उनले बताए । पाण्डेले बिहीबार बागमती प्रदेशमा गठबन्धन कायम भएसँगै गठबन्धनका सांसदहरुलाई धन्यवाद दिएका छन् । अब बागमती प्रदेशमा तीन दलको गठबन्धनको सरकार बन्ने निश्चित भएको छ । केन्द्रमा जस्तै प्रदेशमा पनि नेकपा माओवादी, नेकपा (एकीकृत समाजवादी) र कांग्रेसको गठबन्धन बनेको हो । प्रदेशमा बनेको गठबन्धन इमान्दार हुने नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेता इन्द्र बानियाँले बताए । उनले प्रदेशमा बनेको गठबन्धनसँग स्पष्ट ५८ मत भएको भन्दै मुख्यमन्त्री शाक्यले मार्गप्रशस्त गर्नुपर्ने बताए ।
प्रदेशमा बहुमत पुग्न ५५ मत आवश्यक भएपनि कांग्रेसको (२२), माओवादीको (२३) र नेकपा एसको १३ मत गरेर ५८ मत पुग्छ । बानियाँले सभामुख सानुकुमार श्रेष्ठलाई विश्वासको मत लिने भन्दै लामो समय बैठक नलम्बाउन आग्रह गरे । स्पष्ट बहुमत गठबन्धनसँग देखिएको भन्दै सरकार दुई पाँच दिन लम्बाएर केही नहुने बानियाँले तर्क गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया