वडा अधिवेशन तयारीका लागि सुर्खेतमा जिल्ला कमिटी बैठक
सुर्खेत – नेकपा एमाले सुर्खेतले अधिवेशनको थप तयारीका लागि भन्दै शनिबार जिल्ला कमिटी बैठक बोलाएको छ । जिल्ला कमिटी बैठकले अधिवेशन सम्पन्न गर्नका लागि समन्वय र सहजीकरण गर्ने प्रतिनिधिहरू तोक्ने बताइएको छ । तयारी नपुगेको कारण देखाउँदै एमाले जिल्ला कमिटी सुर्खेतले अधिवेशन तीन दिनपछि सारेको छ ।
एमालेले शनिबार देशभर वडा अधिवेशन गर्ने तय गरे पनि सुर्खेतमा भने ९ कात्तिकमा मात्रै वडा अधिवेशन हुने एमाले सुर्खेतका अध्यक्ष ध्रुवकुमार शाहीले बताए । यस्तै १५ कात्तिकमा पालिका अधिवेशन गर्ने तयारी भएको शाहीले जानकारी दिए । यसअघि पार्टीले वडा अधिवेशनको लागि ६ कात्तिक र पालिका अधिवेशनको लागि ९ गते तय गरेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया