राजनीति

लोकप्रियताका लागि स्मार्ट सहर भन्‍नाले समस्‍या भयाे : मन्त्री झाँक्री

इकागज |
कात्तिक ६, २०७८ शनिबार २०:४५ बजे

धुलिखेल – सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले शक्तिको पछाडि विकास कुद्ने प्रवृत्तिले नेपाल पछि परेको बताएकी छन् । नेकपा एकीकृत समाजवादी धुलिखेल नगर कमिटीले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री झाँक्रीले यस्तो बताएकी हुन् । 

उनले न्यायोचित वितरण र योजनाबद्ध विकासको कामलाई अगाडि बढाउन आवश्यक रहेको स्पष्ट पारिन् । बिनायोजना र अनुसन्धान शक्तिशाली मान्छेले बोलेका भरमा विकास हुँदै आएकाले सर्वसाधारणको जीवनस्तरमा फरकपना नदेखिएको उनले बताइन् ।


अहिले पनि मान्छेले सुने जानेका आधारमा लोकप्रियताका लागि स्मार्ट सहर भन्ने गरेको भन्दै देशको विकासको मोडालिटी शक्तिका पछाडि कुद्ने मात्रै भएको मन्त्री झाँक्रीको भनाइ छ । 


Author

थप समाचार
x