राजनीति

सिके राउतका कार्यकर्ता रिहाइको माग गर्दै मोटरसाइकल जुलुस

इकागज |
कात्तिक ८, २०७८ सोमबार १६:५७ बजे

जनकपुरधाम –  पक्राउ परेका कार्यकर्ताको रिहाइको माग गर्दै सिके राउत नेतृत्वको जनमत पार्टीले सोमबार विरोध प्रदर्शन गरेको छ । खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका निमित्त प्रमुख राजेश कुश्वाहालाई दुव्र्यवहार तथा हातपात गरेको आरोपमा राउत नेतृत्वको पार्टीका कार्यकर्ता प्रक्राउ परेपछि उनीहरूको रिहाइको माग गर्दै प्रर्दशन गरिएको हो । 

 ‘पक्राउ परेका कार्यकर्तालाई रिहा गर,’ ‘भष्ट्रचारीलाई कारबाही गर’ लगायतका नारा लगाउँदै उनीहरूले प्रर्दशन गरेका छन् । पक्राउ परेका कार्यकर्ताको रिहाइको  माग गर्दै जनमत पार्टीले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । जनमत पार्टीको केन्द्रीय कार्यकारीणी समितिको बैठकले सोमबारदेखि १६ कात्तिकसम्म चरणबद्ध आन्दोलनको घोषणा गरिएको जनाएको छ । प्रहरीले उक्त घटनामा संलग्न रहेको आरोपमा १७ जनामाथि मुद्दा चलाएको छ ।



Author

थप समाचार
x