राजनीति

राजीनामा दिन्‍न भनेका प्रधानन्यायाधीशलाई भेट्न फेरि गए १५ न्यायाधीश

इकागज |
कात्तिक ९, २०७८ मंगलबार १४:८ बजे

काठमाडौँ – केहीबेर अघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले १५ न्यायाधीशसँगको छलफलमा राजीनामा नदिने बताए । लगत्तै १५ न्यायाधीशहरु छुट्टै छलफलमा बसे । आन्तरिक छलफल सकेर न्यायाधीशहरु अहिले पुनः प्रधानन्यायाधीश जबरासँग छलफलका लागि उनको कार्यकक्षमा प्रवेश गरेका छन्  ।

यसअघि प्रधानन्यायाधीश राणाले न्यायाधीशहरुलाई आफू राजीनामा दिनै परे सबैले दिउँ भनेर जवाफ दिएका थिए ।  ‘यहाँ म मात्रै विवादित होइन् अरु न्यायाधीश पनि विवादित हुनुहुन्छ,’ केहीबेर अघिको भेटपछि प्रधानन्यायाधीश राणाको भनाइ उदृत गर्दै एक न्यायाधीशले इकागजसँग भने, ‘यदी उहाँहरूले पनि दिए म राजीनामा दिन्‍छु नत्र एक्‍लै राजीनामा दिन्‍न ।’


  


Author

थप समाचार
x