राजनीति

ओलीले हामीलाई घोक्र्‍याएर निकाले : माधव नेपाल

इकागज |
कात्तिक ९, २०७८ मंगलबार २०:१३ बजे

सर्लाही – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो स्वार्थका कारण तत्कालीन नेकपा नेतृत्वको सरकारलाई कमजोर बनाएको आरोप लगाएका छन् । 

पार्टीको सर्लाही कमिटीले मंगलबार सर्लाहीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले यस्तो आरोप लगाएका हुन् । ओलीले नेता महत्त्वपूर्ण ठानेर अगाडि बढेको तर आफूहरूले नीतिलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढेको जिकिर गरे । ‘ओलीले आफ्नो स्वार्थका लागि दुई तिहाइको सरकारलाई आफैंले कमजोर बनाए । दुई तिहाइको सरकारलाई कमजोर बनाउन पहिला माओवादीलाई अलग गराए’, उनले भने, ‘त्यसपछि हामीलाईसमेत पार्टीबाट घोक्र्‍याएर निकाले ।’ 


 नेपालले कम्युनिस्ट आन्दोनलमा आफूहरूले विद्रोहको राँको बालेको दाबी गरे । उनले नेकपा एसले समाजवादका मूल्य र मान्यतालाई स्थापित गर्नेसमेत बताए । कम्युनिस्टको नाममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गलत कदम चालेको नेपालले आरोप लगाए ।


Author

थप समाचार
x