राजनीति

दाहाल भन्छन्- प्रधानन्यायाधीशबारे छलफल गरी दुई दिनमै निष्कर्ष निकाल्छौं

इकागज |
कात्तिक ९, २०७८ मंगलबार २०:३५ बजे

चितवन - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राज्यका प्रमुख अंगले गरिमा कायम राख्न नसकेको बताएका छन् । मंगलबार चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै दाहालले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाले आफ्नो स्वतन्त्रता र गरिमा कायम राख्न नसकेको संकेत गरे ।

मन्त्रिमण्डलमा भाग खोजेपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको चौतर्फी आलोचनाकाबीच अध्यक्ष दाहालले न्यायपालिकाको स्वतन्त्रता र गरिमालाई आँच नआओस् भन्ने विषयमा सबै सर्तक हुनुपर्ने बताए । 


‘राज्यका प्रमुख अंगले आफ्नो स्वतन्त्रता र गरिमालाई कायम राख्न बल गर्नुपर्छ,’ उनले भने । प्रधानन्यायाधीश जबराले पदबाट राजीनामा दिन्छन् कि दिँदैनन् ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले यसबारे सत्ता गठनबन्धनबीच छलफल गरेर उचित निष्कर्षमा पुग्ने बताए । 

प्रधानन्यायाधीशलाई महाभियोग लगाउने विषयमा उनले कुनै छलफल नभएको बताए । ‘हिजो मात्रै सत्ता साझेदार तीन दलको बैठक भएको थियो । पाँच दलको बैठक हुन बाँकी छ । पाँच दलको बैठक बसेपछि यसबारे दुई दिनभित्रै निष्कर्षमा पुग्छौं,’ अध्यक्ष दाहालले भने ।


Author

थप समाचार
x