राजनीति

एमाले पोखराको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

इकागज |
कात्तिक १०, २०७८ बुधबार १९:३० बजे

पोखरा - नेकपा एमालेको पोखरा महानगरको अध्यक्षका लागि पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् । हालका अध्यक्ष दीपक पौडेलसहित नेताहरू तेजनारायण अधिकारी, दिलीप न्यौपाने, हरि त्रिपाठी र धनबहादुर नेपालीले अध्यक्षमा मनोनयन दर्ता गराएका हुन् । यस्तै, उपाध्यक्षमा छ जना र सचिवमा दुई जनाले मनोनयन दर्ता गरेका छन् । मोहन गुरुङ, बैनबहादुर गुरुङ, उमा परियार, राजकुमारी भुजेल, यशोधा भट्टराई र चिरन्जीवी पोखरेल उपाध्यक्षको प्रतिस्पर्धामा छन् । सचिवमा जीवन आचार्य र गोकर्ण अधिकारी मात्र उम्मेदवार बनेका छन् । 

उपसचिवमा सीमबहादुर गुरुङ, दुर्गाप्रसाद श्रेष्ठ, बलराम गिरी, रामचन्द्र थापा, खड्कबहादुर विश्वकर्मा, प्रकाश पौडेल, शिवप्रसाद आचार्य, हरिप्रसाद लम्साल, मीनबहादुर थापा, विष्णु पुनले उम्मेदवारी दिएका छन् । यस्तै, वीरेन्द्र भण्डारी, दलबहादुर खत्री, हरिमाया गुरुङ, सूर्य भण्डारी, विष्णुहरि तिमिल्सिना, सुभाष ढुंगाना र सीता विकले पनि उपसचिवमा दाबी गरेका छन् । 


सबै पदाधीकारी एक, एक जना तथा उपसचिव दुई जना निर्वाचित हुनेछन् । मनोनयनपछि पनि सर्वसम्मतको प्रयास भइरहेको छ । दिलिप न्यौपाने र दीपक पौडेलबीच अध्यक्षमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । एमाले पदाधिकारीमा उम्मेदवारी दिनेमध्ये अधिकांश महानगरका वडा अध्यक्ष छन् ।

एमालेको दशौं महाधिवेशनअन्तर्गत मंगलबारदेखि जारी एमालेको पालिका अधिवेशन पोखरामा बल्ल सुरु भएको छ । सुरुमै सर्वसम्मतिको प्रयास गरे पनि सहमति जुट्न नसकेपछि मनोनयन दर्ता सुरु भएको हो ।


Author

थप समाचार
x