एमाले कपिलवस्तु नगर अध्यक्षमा विद्यार्थी नेता प्रजापति चुनिए
कपिलवस्तु – कपिलवस्तुका सबै पालिकामा नेकपा एमालेको अधिवेशन सम्पन्न भएको छ । जिल्लाका १० पालिकामा मंगलबार सम्पन्न नगर तथा गाउँ अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको एमाले कपिलवस्तु जिल्ला अध्यक्ष झवीलाल पोखरेलले बताए । अखिलका केन्द्रीय सचिव श्यामप्रकाश प्रजापति कपिलवस्तु नगर अध्यक्ष चयन भएका छन् । नगर अध्यक्षमा प्रजापति सर्वसम्मत चुनिएका हुन् ।
यसैगरी विजयनगर गाउँपालिकाको अधिवेशनले थर्क बहादुर खन्गाहाको नेतृत्वमा ५१ सदस्यीय गाउँ कमिटी चयन भएको छ । एमाले जिल्ला उपाध्यक्ष बाबुराम खनालका अनुसार शुद्धोधन गाउँपालिकाको अध्यक्षमा राम विलास कुर्मीको नेतृत्वमा ४७ सदस्यीय गाउँ कमिटी चयन भएको छ । यसैगरी यशोधरा गाउँकमिटीको अध्यक्षमा हरम सरिफ चयन भएका छन् ।
बाणगंगा नगरपालिकामा युवराज पोख्रेलको दोहोरिएका छन् । दोहोरो कार्यकाल पाउनेमा बुद्धभूमी नगरपालिकामा देवीप्रसाद बेल्बासे, शिवराज नगरपालिकामा जगत पौडेल, कृष्णनगर नगरपालिकामा सन्दीप मौर्या, मायादेवी गाउँपालिकामा जगन्नाथ चौधरी, महाराजगन्ज नगरपालिकामा निजामुद्दिन खान रहेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया