राजनीति

दाहाल–नेपाल पक्षधरले देशव्यापी प्रदर्शन गर्दै

इकागज |
पुस ५, २०७७ आइतबार १३:५३ बजे

फाइल तस्वीर

काठमाडौं : संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको प्रस्तावविरुध्द सत्तारुढ नेकपाकै भातृ संगठनले देशव्यापी प्रदर्शन गर्ने भएका छन् । विद्यार्थी र युवा संगठनले काठमाडौंको माइतीघर मण्डलामा तीन बजे विरोध जुलुस निकाल्ने भएका हुन् । विस्तारै प्रदर्शन देशव्यापी बनाइने अनेरास्ववियूका सहसंयोजक रन्जित तामाङले जानकारी दिए । 

‘संघीय लोकतान्तिक गणतन्त्रमार्फत प्राप्त अधिकार र जनमतको उपहास र अपमान गर्ने असंवैधानिक र नालायक कदमविरुध्द देशभर प्रदर्शन गर्न अपिल गरिएको हो,’ उनले भने, ‘आजै तीन बजे माइतीघरबाट प्रदर्शन सुरु हुन्छ र त्यसलाई देशव्यापी बनाइन्छ ।’


त्यस्तै दिउँसो ३ बजे माइतीघरबाट विरोध प्रदर्शन सुरु हुने युवा संगठनका नेता रामप्रसाद सापकोटाले जानकारी दिए। माइतीघर मण्डलामा जनवर्गीय संगठनहरूको आयोजनामा हुने प्रदर्शनमा सहभागी हुनसमेत उनले आह्वान गरेका छन् ।


Author

थप समाचार
x