राजनीति

नयाँ निर्वाचनको घोषणा

राष्ट्रपतिद्वारा प्रतिनिधि सभा विघटन

इकागज |
पुस ५, २०७७ आइतबार १४:३३ बजे

फाइल तस्वीर

काठमाडाै‌ : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी हुन् । राष्ट्रपतिको कार्यालय शीतल निवासले विज्ञप्ति जारी गर्दै संसद विघटन गरेको जानकारी दिएको हो।

प्रतिनिधि सभा विघटनसँगै दुई चरणमा निर्वाचन गर्न मितिसमेत तोकिएको छ । मन्त्रिपरिषद् कार्यालयबाट सिफारिस भए बमोजिम राष्ट्रपति कार्यालयले आगामी बैशाख १७ गते पहिलो चरणमा र २७ गते दोस्रो चरणमा निर्वाचनको मिति ताेकेको हो । 



Author

थप समाचार
x