राजनीति

निर्वाचनमा कांग्रेसले गठबन्धन गर्दैन : सुजाता कोइराला

इकागज |
कात्तिक ११, २०७८ बिहीबार १७:१० बजे

फाइल तस्‍बिर

चितवन - नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले आगामी निर्वाचनमा नेपाली कांग्रेसको कुनै पनि दलसँग गठबन्धन नगर्ने स्पष्ट पारेकी छन् । बिहीबार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् ।

‘पार्टीमा अहिले गठबन्धनका विषयमा कुरा उठेको छैन । कांग्रेस एक्लैले निर्वाचन लड्नुपर्छ,’ उनले भनिन्, ‘कांग्रेस लोकतान्त्रिक र ऐतिहासिक पार्टी भएकाले अन्य दलसँग गठबन्धन गर्नका लागि पार्टीमा गहन छलफल गरेर मात्र निर्णय लिनुपर्छ ।’ कांग्रेसभित्रको गुटबन्दी अन्त्य गर्दै नेता, कार्यकर्ता निर्वाचनमा केन्द्रित हुने समय आएको उनको भनाइ छ । कांग्रेसको महाधिवेशन तोकिएको समयमै हुने उनले दाबी गरिन् । ‘सभापतिले अब महाधिवेशन समयमा नै हुन्छ भन्नुभएको छ । यसमा हामीले विश्वास गरेका छौं । महाधिवेशन समयमा नै हुनुपर्छ,’ कोइरालाको भनाइ छ ।


महाधिवेशनमा आफूले कुन पदमा उम्मेदवारी दिने भन्ने विषयमा आफू छलफलमै रहेको उनले बताइन् । राजनीतिमा परिवारभन्दा पनि विचार कोसँग मिल्छ भन्ने कुरा महत्त्वपूर्ण रहेको बताउँदै उनले समय आएपछि मात्र आफ्नो उम्मेदवारीबारे जानकारी गराउने उल्लेख गरिन् । प्रधानन्यायाधीशमाथि चौतर्फी आलोचना हुनुले प्रजातन्त्रलाई कमजोर बनाउने कोइरालाले बताइन् ।
 


Author

थप समाचार
x