राजनीति

लोकसेवा आयोग कर्णालीमा कर्मचारी पूर्तिको बाटो खुल्यो

इकागज |
कात्तिक ११, २०७८ बिहीबार १८:१५ बजे

सुर्खेत - कर्णाली प्रदेशमा लोकसेवा आयोग ऐन संशोधनपछि अध्यादेशमार्फत जारी गरिएको छ । योसँगै अब आयोगलाई प्रदेशमा कर्मचारी पूर्तिका लागि विज्ञापनका लागि बाटो खुलेको छ । कर्णाली प्रदेशमा लोकसेवा ऐन पूर्ण नहुँदा विज्ञापन खुलाउन नसकिएको अवस्था थियो ।

आयोग गठन भएको लामो समयसम्म पनि ऐन नबन्दा आयोगले गति लिन सकेको थिएन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सिफारिसमा मंगलबार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले ‘प्रदेश लोकसेवा आयोग ऐन- २०७५ संशोधन गर्न बनेको अध्यादेश–२०७८’ जारी गरेका थिए । प्रदेश सरकारले ७ कात्तिकमा अध्यादेश जारी गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।


ऐन संशोधनपश्चात् विज्ञापन खुलाउने लगायतका आन्तरिक तयारीमा लागिरहेका आयोगका अध्यक्ष रामप्रसाद उपाध्यायले बताए  । विज्ञापन खुलाउनेबारे भित्रि रूपमा काम भइरहेको छ,’ उनले भने, ‘पारित ऐन आयोगमा आइपुगेको छैन ।’ पहिलेको ऐनमा थुप्रै त्रुटि भेटिएपछि पुनः संशोधन गरिएको छ । यसअघि जारी गरिएको ऐन कार्यान्वयन नहुँदै संशोधन भएको हो । दोस्रो पटक संशोधन गरेर ऐन जारी गरिएको छ । प्रदेश लोकसेवा ऐन २७ चैत २०७५ मा प्रदेशबाट पारित भएको थियो । उक्त ऐनमा त्रुटि देखिएपछि पहिलो पटक संशोधन गरिएको हो ।


Author

थप समाचार
x