सरकारका प्रवक्ता गुरुङलाई पूर्वमाओवादी कार्यकर्ताले देखाए कालो झन्डा
काठमाडौं : सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङलाई पूर्व माओवादी कार्यकर्ताहरुले कालो झण्डा देखाएका छन् । आइतबार अपरान्ह गृह जिल्ला दोलखाको संगटीमा उनलाई कालो झन्डा देखाएको हो ।
विद्यालय भवनको उद्घाटनमा त्यहाँ पुगेका उनको मंगलबार फर्किने कार्यक्रम थियो । तर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधी सभा विघटन गरेसँगै उनी आकष्मिकरुपमा काठमाडौं फर्किदै थिए । त्यहीक्रममा स्थानीय नेता भक्त शिवाकोटीको नेतृत्वका ३५ जनाको समूहले उनलाई कालो झन्डा देखाएका हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया