राजनीति

वरिष्ठ अधिवक्ताहरू भन्छन्- प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलन रोकिन्‍न, बरु चर्काइन्छ

इकागज |
कात्तिक १४, २०७८ आइतबार ११:५६ बजे

काठमाडौँ- वरिष्ठ अधिवक्ता तथा सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको खराब प्रवृत्तिविरुद्ध आन्दोलन गरेको बताएका छन् । 

आज कानुन व्यवसायीहरूले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै कालो पट्टी बाँधेर गरेको विरोधपछि  सर्वोच्च परिसरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै शाक्यले प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलन नरोकिने बताएका हुन् । 


यता, नेपाल बार एसोसिएशनका अध्यक्ष चण्देश्वर श्रेष्ठले पनि प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन नरोकिने बताएका छन् ।  उनले आन्दोलन बरु अझै चर्काउने बताए । 


Author

थप समाचार
x