राजनीति

स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न अनेरास्ववियुको माग

इकागज |
कात्तिक १४, २०७८ आइतबार १६:३२ बजे

काठमाडौँ – नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न माग गरेको छ । यसबारे त्रिभुवन विश्वविद्यालयको ध्यानाकर्षण गराउँदै आइतबार संगठनकी अध्यक्ष सुनिता बराल नेतृत्वको टोलीले त्रिविका उपकुलपति (भिसी) धर्मकान्त बाँस्कोटालाई १६ बुँदे ज्ञापनपत्र बुझाएको हो ।

आगामी फागुन १४ गते स्ववियु चुनाव सम्पन्न गराउने गरी कार्यतालिका ल्याउनुपर्ने अनेरास्ववियुको माग छ । यस्तै त्रिविले सञ्चालन गरेको प्राविधिक शिक्षा सातवटै प्रदेशमा तत्काल अनिवार्य सञ्चालन गर्न, कोभिड महामारीमा विद्यार्थीबाट लिइएको शुल्क फिर्ता गर्न पनि अनेरास्ववियुले ध्यानाकर्षण गराएको छ । पिछडिएका क्षेत्र, द्वन्द्वपीडित, उत्पीडित, महिला र विपन्न समुदायका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।


 


Author

थप समाचार
x