प्रदेश-१
कामको चापले विश्वासको मत लिन नपाएको भन्दै आचार्यले भने : लडाइँ झगडा नगरौं, जुवारी पनि जरुरी छैन
विराटनगर - प्रदेश १ को प्रदेश सभाको बैठक सुरु भएको छ । मुख्यमन्त्री भिम आचार्यले विश्वासको मत लिने कार्यसूचीअनुसार उनले अहिले प्रदेश सभालाई सम्बोधन गरिरहेका छन् ।
मुख्यमन्त्री आचार्यले दलहरू मिलेर अघि बढ्नुपर्ने बताए । कामको चापले पहिल्यै विश्वासको मत लिन नपाएको भन्दै उनले भने, 'अर्ति उपदेश र जुवारी जरुरी छैन, लडाई झगडा गरेर प्राप्त गर्ने कुरा छैन ।'
उनले कामको अधारमा सरकार अघि जानुपर्ने बताए । टुटफुट भएर अगाडि जान खोज्नु लोकतान्त्रिक प्रणालीभित्र नपर्ने उनको दाबी छ । आफूले राजनीतिक अस्थिरताका वावजुद पनि अघिल्लो सरकारले अघि बढाएका कामलाई निरन्तरता दिएको बताए । आफू प्रदेश बलियो बनाउने काममै लागेको बताए । मुख्यमन्त्री आचार्यले आफ्नो मन्तव्यको अन्त्यमा राजिनामा घोषणा गर्ने तयारी गरेका छन् । राजीनामा नदिएको खण्डमा भने मत विभाजनको प्रक्रिया अघि बढ्नेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया