राजनीति

सर्वोच्चमा आज पनि कुनै इजलास बसेन

इकागज |
कात्तिक १६, २०७८ मंगलबार १३:४४ बजे

काठमाडौँ -  आज पनि सर्वाेच्च अदालतमा कुनै पनि मुद्दाको सुुनवाइ भएन । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै न्यायाधीशहरुले इजलास बहिष्कार गरे पनि प्रधानन्यायाधीशले तोकेको इजलासहरु बस्न सकेनन् । आज जम्मा ६ वटा इजलास तोकिएका थिए । सोमबार पनि बन्दीप्रत्यक्षीकरणबाहेक अन्य मुद्दाको सुनुवाइ आज पनि स्थगनमा परेका थिए । 

आज न्यायाधीशद्वय दीपककुमार कार्की र प्रकाशमान सिंह राउतको संयुक्त इजलास, न्यायाधीशद्व मीरा खड्का र हरिकृष्ण कार्कीको संयुक्त इजलास, न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलास,  न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलास, न्यायाधीश सुष्मालता माथेमाको एकल इजलास तोकिएको थियो । 


त्यस्तै न्यायाधीशद्वय तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासमा तोकिएको बन्दीप्रत्यक्षीकरण मुद्दाको कैफियत लेखे पनि मुद्दाको अवस्थाबारे सर्वाेच्च अदालतको वेबसाइटमा केही उल्लेख गरिएको छैन ।


Author

थप समाचार
x