राजनीति

प्रदेश १ : एक राज्‍यमन्त्रीसहित ६ सदस्यीय मन्त्रिपरिषद्, केहीबेरमा शपथ

बाबुराम भण्डारी |
कात्तिक १६, २०७८ मंगलबार १६:० बजे

विराटनगर - प्रदेश-१ मा ६ सदस्यीय मन्त्रिपरिषद् विस्तार हुने भएको छ । गठबन्धन दलहरूबीच भएको छलफलमा तत्कालका लागि मुख्यमन्त्रीसहित ६ जनाको मन्त्रिपरिषद् विस्तार हुन लागेको हो ।  

मन्त्रीमा कांग्रेसबाट दुई जना, माओवादी केन्द्रबाट एक जना र जनता समाजवादी (जसपा) बाट एक जना मन्त्री हुने भएका छन् । कांग्रेसबाट आन्तरिक मामिला तथा कानुन मन्त्रीमा केदार कार्की, भौतिक पूर्वाधार विकास मन्त्रालयमा हिमाल कार्की मन्त्री बन्ने भएका छन् ।


यस्तै माओवादी केन्द्रबाट आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो र सामाजिक विकास मन्त्रीमा जसपाका जयराम यादव बन्ने भएका छन् । त्यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकाविष्णु तुम्बाहाम्फे सामाजिक विकास राज्यमन्त्री बन्दैछन् । उनीहरुको आजै शपथ हुनेछ ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x