झलनाथ खनाल पार्टी काममा सक्रिय
काठमाडौँ – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पार्टी काममा सक्रिय भएका छन् । विदेश विभागका प्रमुखसमेत रहेका खनाल सोमबार मीन भवनस्थित पार्टी कार्यालयमा विभागको तीन घण्टासम्म चलेको पहिलो बैठकमा पूरा समय सहभागी भएको पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।
सो बैठकले डा. शंकर खतिवडालाई विदेश विभाग सचिवमा चयन गरेको छ । नेता खनालले विभागका सदस्यहरूसँग आगामी कार्ययोजनाबारे छलफल गरेका छन् ।मिर्गौला प्रत्यारोपणका लागि असार २ गते भारतको नयाँ दिल्लीको एपोलो हस्पिटल पुगेका खनाल १४ भदौमा काठमाडौं फर्किएपछि घरमै आराम गरी बसेका थिए ।
पार्टी दर्ता भएपछि खनाल पार्टीको एउटा सचिवालय बैठकमा उपस्थित भएका थिए भने पार्टी कार्यालय स्थापना भएपछि उनी पहिलोपटक सोमबार विभागको बैठकमा सहभागी भएका हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया