भीम रावललाई लेखराज भट्टको चेतावनी : सामाजिक सञ्जालमा नौटंकी नदेखाउनुस्
फाइल तस्बिर
काठमाडौँ – नेकपा एमालेका सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले एमाले उपाध्यक्ष भीम रावललाई सामाजिक सञ्जालमा नभई समितिको बैठकमा मत राख्न सुझाव दिएका छन् । मंगलबार एमाले उपाध्यक्ष रावलले सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै सुदूरपश्चिम प्रदेश कमिटीको बैठकप्रति आपत्ति जनाएपछि प्रदेश इन्चार्ज भट्टले सामाजिक सञ्जालमा नभई समितिको बैठकमा मत राख्न सुझाव दिएका हुन् ।
एमाले सुदूरपश्चिमको बैठकलाई सम्बोधन गर्ने क्रममा इन्चार्ज भट्टले रावललाई फरक मत राख्नलाई पार्टीमा समितिहरू रहेको बताउँदै सामाजिक सञ्जालमा नौट्ङकी नदेखाउन पनि चेतावनी दिए ।
‘नेपाली राजनीतिमा नेपालीकल्चर जो छ, हिजोको दिनमा एउटा मर्यादित, जुन खालको सुव्यवस्थित र सम्मानजनक, ढंगले जाने र आफ्ना मतहरुलाई व्यक्त गर्ने, कमिटी प्रणाली छ, संगठनात्मक कमिटी प्रणालीबाट हामीले हरेक समस्याहरु, विचारहरु, भिन्न मतहरुलाई छलफल र समाधान गर्दै आएका छौँ,’ उनले भने, ‘कसैलाई आफूलाई चित्त बुझेन भने मैले भनेको हुनुपर्छ नत्र म आउँदिन भन्ने, उपस्थित हुन्न भन्ने, राजीनामा दिन्छु भन्ने, यी खालका अभिव्यक्तिहरू आउँछन्, पार्टी, म बिना हुँदैन भन्ने चिन्तन जुन छ, यो चिन्तन गलत छ, व्यक्ति नभए पनि पार्टी चल्छ, देश चल्छ र जीवन चल्छ । यहाँ त निर्माण गरेकोलाई ध्वंस गर्ने काम भइरहेको छ ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया