राजनीति

माग सम्बोधन नभए सानेपामा अनसन बस्छु : कर्ण मल्ल

इकागज |
कात्तिक २७, २०७८ शनिबार १४:४० बजे

काठमाडाैँ – नेपाली कांग्रेस डडेलधुराका सभापति कर्ण मल्लले जिल्लामा वडा र पालिका अधिवेशन पुनः गर्नुपर्ने अडान दोहोर्.याएका छन् । आफूहरूको माग सम्बोधन नभए मंसिर १ देखि पार्टी केन्द्रीय कार्यालयमा अनसन र धर्नामा बस्न बाध्य हुने उनले चेतावनी दिए । 

सभापति कर्णले शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी पार्टीको अब बस्ने केन्द्रीय कार्य समितिले आफूहरूको माग सम्बोधन नगरे पार्टी केन्द्रीय कार्यालयमै धर्ना र अनसन बस्न बाध्य हुने चेतावनी दिएका हुन् ।


‘अब बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा हाम्रो माग सम्बोधन नभए पार्टी केन्द्रीय कार्यालयमा यही मंसिर १ गतेदेखि धर्ना र अनसनका कार्यक्रम अगाडि बढाउँछु,’ उनले भने ।

उनले पार्टी जिल्ला कार्य समितिले स्थगन गर्न लिखित रूपमै पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवा र केन्द्रीय निर्वाचन समितिलाई लिखित उजुरी गर्दा पनि त्यसको सुनुवाइ नभई सत्ता र शक्तिको दूरुपयोग गरेर वडा अधिवेशन र पालिका अधिवेशन गरिएको भन्दै आक्रोश व्यक्त गरे । सभापति मल्लले केन्द्रीय निर्वाचन समितिले पनि सभापति देउवाको निर्देशनमा आफूहरूको मागको सुनुवाइसमेत नगरेको भन्दै आपत्ति जनाए ।
 


Author

थप समाचार
x