माओवादी अध्यक्ष दाहाल बिरामी परेपछि महोत्तरीको कार्यक्रम स्थगित
महोत्तरी – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल शनिबार महोत्तरी आउने कार्यक्रम स्थगित भएको छ । दाहालको स्वास्थ्यमा समस्या देखिएपछि कार्यक्रम स्थगित गरिएको माओवादी केन्द्र महोत्तरीले जनाएको छ ।
शनिबार महोत्तरीको रामगोपालपुरमा अध्यक्ष दाहालले आमसभालाई सम्बोधन गर्दै ७ वटा वडाको स्वास्थ्य भवन एकसाथ उद्घाटन गर्ने कार्यक्रम थियो । ‘अध्यक्षको स्वास्थ्यमा अचानक समस्या देखिएपछि प्रदेश कमिटीको निर्देशनबमोजिम कार्यक्रम स्थगित गरेका छौं,’ माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खड्काले भने ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया