राजनीति

कांग्रेस कैलालीको ९० वडा कमिटीसहित क्षेत्रीय प्रतिनिधि चयन

इकागज |
कात्तिक २७, २०७८ शनिबार १८:१६ बजे

कैलाली – नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत कैलालीको ९० वडामा वडा कमिटीसहित क्षेत्रीय प्रतिनिधि सर्वसम्मतिबाट चयन भएको छ । जम्मा १ सय २६ वडामध्ये ९० मा सर्वसम्मत रूपमा पदाधिकारी र क्षेत्रीय प्रतिनिधि चयन भएको प्रचार प्रसार संयोजक नृप सुनारले इकागजलाई जानकारी दिए । उनका अनुसार ११ वटा वडामा सर्वसम्मतमा वडा समिति र क्षेत्रीय प्रतिनिधि चयनको प्रयास भइरहेको छ ।

२५ वटा वडामा भने निर्वाचन भइरहेको उनले बताए । केही वडामा शनिबार निर्वाचन जारी रहेको र केही वडामा आइतबार (भोलि) निर्वाचन हुने सुनारले बताए ।



Author

थप समाचार
x