राजनीति

तनहुँमा एमालेका महाधिवेशन प्रतिनिधि चयन

इकागज |
कात्तिक २७, २०७८ शनिबार २१:६ बजे

तनहुँ – नेकपा एमालेको १०औं महाधिवेशनका लागि तनहुँमा प्रतिनिधि चयन गरिएको छ । शनिबार सर्वसम्मत प्रतिनिधि चयन गरिएको निर्वाचन अधिकृत शिवदत्त ढकालले जानकारी दिए । उनका अनुसार महिला, दलितसहित १३ जना प्रतिनिधि चयन गरिएको हो ।  प्रतिनिधि बन्न ४३ जनाको उम्मेदवारी परेको थियो ।

तनहुँमा दुई वटा संघीय निर्वाचन क्षेत्र छन् । क्षेत्र नम्बर १ बाट पाँच जना र २ बाट आठ जना प्रतिनिधि चयन भएका छन् । राष्ट्रियसभा सदस्यदेखि प्रतिनिधिसभा सदस्य, उपमेयरसम्म महाधिवेशन प्रतिनिधि बनेका हुन् ।


तनहुँ क्षेत्र नम्बर १ मा खुलातर्फ इन्द्र कुँवर, हरिराज कडेल, बाबुराम अधिकारी, कलावती ढकाल चयन भएका छन् । महिलातर्फ राष्ट्रियसभा सदस्य भगवती न्यौपाने चयन भएकी छन् । क्षेत्र नम्बर २ मा खुलातर्फ प्रतिनिधिसभा सदस्य एवम् जिल्ला अध्यक्ष केदार सिग्देल, रामचन्द्र उपाध्याय, धर्मराज खनाल, विष्णुभक्त सिग्देल, श्रीप्रसाद श्रेष्ठ चयन भएका छन् । महिलातर्फ शुक्लागण्डकी नगरपालिकाकी उपमेयर सविता रसाइली र राधा महत चुनिएका छन् ।

दलिततर्फ बाबुराम सुनार चयन भएका छन् । उनी पनि क्षेत्र नम्बर २ कै हुन् । तीन गुणा बढीले महाधिवेशन प्रतिनिधि बन्ने चाहना राख्दा सर्वसम्मत चयन गर्नलाई सकस परेको थियो । प्रतिनिधि चयन गर्न क्षेत्र नम्बर १ मा एकबहादुर रानाको संयोजकत्वमा तीन सदस्यीय कार्यदल नै बनाइएको थियो ।


Author

थप समाचार
x