राजनीति

प्रधान्यायाधीशको विषयमा राजनीतिक दलले आफ्नो भूमिका निभाउनुपर्छ : अधिवक्ता खरेल

इकागज |
कात्तिक २८, २०७८ आइतबार १५:२६ बजे

काठमाडौँ -  वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले न्यायपालिका सुद्धिकरणका लागि नेपाल बार एसोसिएसनले गरेको आन्दोलनप्रति राजनीतिक दलहरुको ध्यानाकर्षण गराएका छन् ।  

आइतबार नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतको गेटमा धर्ना सकेपछि बार भवन परिसरमा सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता खरेलले न्यायपालिकाको सुद्धिकरणका लागि गरिएको आन्दोलनप्रति राजनीतिक दलहरुको पनि ध्यानाकर्षण गराएका हुन् । 


उनले बारले विभिन्न समयमा राजनीतिक परिवर्तनका लागि भूमिका खेलेको स्मरण गराउँदै बारको सो भूमिकालाई राजनीतिक दलहरुले बिर्सनु नहुनेमा जोड दिए । बारको अहिलेको आन्दोलन राजीनामा मात्रै नटुंगिई केही व्यक्तिहरुको सम्पतिको छानविनको बिन्दुमा पुगेर मात्रै टुंगिने उनको दाबी छ ।

‘परिवर्तनको जुन माग हामीले गरिराखेका छौँ । त्यसलाई यदी राजनीतिक दलहरुले बिर्सने हो भने उहाँहरुले धेरै ठुलो मुल्य चुकाउनुपर्छ ०४६ मा वा ०६२÷०६३ मा बार एसोसिएसनले यो व्यवस्था अबचाहीँ रहँदैन भनेर सडकमा निस्केको एक हप्ताभित्र राजनीतिक सत्ता र परिणाम परिवर्तन भएको छ,’ उनले भने, ‘बार भनेको यहाँ उभिएको वकिल मात्रै होइन, जनताको नाडी छाम्ने स्पन्दन भएका व्यक्ति हुन् । त्यो चिजमा उहाँहरु सचेत रहनुपर्छ । अब यो आन्दोलन जुन चरणमा गएको छ यो सामान्य एउटा राजीनामाबाट टुंगिने छैन । यसले निश्चित व्यक्तिहरुको सम्पतिको पूर्ण छानविन हुनुपर्ने बिन्दुमा नपुगिकन बारले यसलाई रोक्दैन ।’ 


Author

थप समाचार
x