एमाले महाधिवेशनका लागि गण्डकीबाट १६८ प्रतिनिधि चयन
पोखरा – नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि गण्डकी प्रदेशबाट एक सय ६८ जना प्रतिनिधि चयन भएका छन् । प्रदेश कमिटीबाट पाँचसहित जिल्लाहरूबाट प्रतिनिधि छानिएका हुन् । अधिकांश जिल्लाबाट सर्वसम्मत रूपमा प्रतिनिधि छनोट गरिएको कार्यालय सचिव गोविन्द नेपालीले बताए । सबैभन्दा धेरै प्रतिनिधि कास्की जिल्लाबाट छन् ।
यस्तै लमजुङबाट ११, मनाङ र मुस्ताङबाट चार, चार, म्याग्दीबाट नौ, बागलुङबाट १२, गोरखाबाट १५ जना चयन भएका छन् । यस्तै, तनहुँबाट १३, पर्वतबाट १३, नवलपुरबाट १९, स्याङजाबाट २४ र कास्कीबाट सबैभन्दा धेरै ३१ जना चयन भएका छन् ।
मनाङ र मुस्ताङबाट समान दुई जना खुला, एक महिला र एक दलितका दरले छनोट भएका छन् । कास्कीबाट १८ जना खुला, नौ जना महिला तथा चार दलित (एक महिलासहित) निर्वाचित भएका छन् ।
म्याग्दीबाट पाँच खुला तथा दलित र महिलाबाट दुई दुई जना, बागलुङबाट सात जना खुला, तीन महिला र दुई दलित निर्वाचित भएका छन् ।
स्याङ्जाबाट १४ खुला, ६ महिला, चार दलित (दुई महिला) र तनहुँबाट नौ खुला, तीन महिला, एक दलित प्रतिनिधि छानिएका छन् । लमजुङबाट ६ खुला, तीन महिला र दुई जना दलित, गोरखाबाट १० जना खुला, चार महिला र एक जना दलित छनोट भएका छन् ।
यसैगरी, पर्वतबाट सात जना खुला, तीन जना महिला, तीन दलित (एक महिलासहित) तथा नवलपुरबाट १२ खुला, पाँच महिला र दुई जना दलित चयन भएका एमाले गण्डकी प्रदेश कमिटीले जनाएको छ । प्रदेशबाट तीन जना खुला र दुई महिला चयन भएका छन् । मजदुरतर्फ चार जना खुला र चार जना महिला छानिएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया