राजनीति

प्रधानन्यायाधीश राणाले तोकेको इजलासमा नबस्न न्यायाधीशहरूलाई बारको पत्र

इकागज |
कात्तिक २८, २०७८ आइतबार १९:१६ बजे

फाइल तस्बिर

काठमाडौँ – नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तोकेको इजलासमा नबस्‍न आग्रह गर्दै सर्वोच्च अदालतका सबै न्यायाधीशलाई पत्र पठाएको छ ।
नेपाल बारका अध्यक्ष चन्डेश्वर श्रेष्ठले न्यायाधीशहरुलाई पत्र पठाइएको जानकारी दिए । उनले भने, ‘बिचौलियाका नाइके प्रधानन्यायाधीशले डाकेको इजलासमा नबस्न आग्रह गरेर न्यायाधीशहरुलाई पत्र पठाएका छौँ ।’ 

 नेपाल बारले आज सबै न्यायाधीशहरूलाई प्रधानन्यायाधीशले तोकेको इजलास नबस्न, फूलकोर्ट बहिष्कार गर्न आग्रह गर्दै पत्र पठाएको नेपाल बारका सदस्य प्रकाश महर्जनले जानकारी दिए ।  उनले इजलास नतोक्न आग्रह गर्दै प्रधानन्यायाधीशलाई पनि पत्र पठाइएको बताए ।  


नेपाल बारले दुई हप्तादेखि प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलन जारी राखेको छ ।   उनीहरूले बन्दीप्रत्यक्षीकरणका मुद्दा कहिले काहिँ भने हेरेका छन् । वकिलहरुले हातमा कालो पट्टी बाँधेर कात्तिक १४ गतेदेखि आन्दोलन गरेको छ ।   


 


Author

थप समाचार
x