राजनीति

प्रहरीले खोस्यो विप्लव समूहको मसाल

इकागज |
कात्तिक २९, २०७८ सोमबार २०:२२ बजे

साेमबार मसाल जुलुसका क्रममा काठमाडाैंकाे पुतली सडकमा विप्लवका कार्यकर्ताबाट मसाल खाेस्दै प्रहरी । तस्बिर- अनुज बज्राचार्य/ इकागज

ओखलढुंगा - नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)ले निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेर मसाल खोसेको छ । सरकारले इन्धनमा गरेको मूल्यवृद्धिको विरुद्धमा सोमबार साँझ कार्यकर्ताले निकालेको जुलुसमा प्रहरीले मसाल खोसेको हो । 

नेकपाले मंगलबार नेपाल बन्द घोषणा गरेको छ । त्यसको पूर्वसन्ध्यामा पार्टीले सोमबार (आज) मसल जुलुस निकालेको हो । सिद्धिचरण नगरपालिका– १२ स्थित गणेशचोक नजिकैबाट सुरु भएको जुलुस प्रहरीले गणोशचोकमै रोकेको छ ।


प्रहरीले रोकेपछि एक दर्जन संख्यामा रहेका आन्दोलनकारीले मसाल भुइँमा बालेर नारा जुलुस सुरु गरेका थिए । भुइँमा बालेको मसाल प्रहरीले पानी हालेर निभएको छ । आन्दोलनकारी भन्दा प्रहरीको संख्या बढी भएपछि चोकमै कोणसभा गरेर नेपाल बन्द सफल बनाउन अपिल गर्दै नेकपाका कार्यकर्ता फर्किएका छन् । मंगलबार नेपाल बन्द घोषणा गरेपछि सोमबार साँझदेखि नै सुरक्षााकर्मी परिचालन गरिएको छ ।


Author

थप समाचार
x