राजनीति

कैलाली एमालेमा विवाद : भीम रावल समूहले गर्‍यो छुट्टै महाधिवेशन प्रतिनिधि छनोट

इकागज |
मंसिर १, २०७८ बुधबार १७:४८ बजे

कैलाली - नेकपा एमालेको कैलालीमा महाधिवेशन प्रतिनिधि चयनप्रति असन्तुष्ट रहेको क्षेत्र नम्बर २ असन्तुष्ट पक्षले पनि बुधबार प्रतिनिधि चयन गरेको छ ।  कैलालीको लम्कीमा भएको असन्तुष्ट पक्षको भेलाले सर्वसम्मत रुपमा नौ जना प्रतिनिधि चयन गरेको हो ।

लम्कीचुहा–९ बाट यज्ञराज ढुङ्गाना, ८ बाट मनोज खड्का, १ बाट सूर्यबहादुर थापा, मोहन्याल गाउँपालिका–७ बाट वीरेन्द्रबहादुर रावल, बर्दगोरिया गाउँपालिका–१ बाट भीम कुँवर र जानकी गाउँपालिका–९ बाट रुप रावत महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् । 
यसैगरी, महिलातर्फ लम्कीचुहान नगरपालिका–१ बाट बसुन्धरा भण्डारी, ५ बाट ममता रावल र जानकी गाउँपालिका–८ बाट गंगा थापालाई महाधिवेशन प्रतिनिधि चयन गरिएको छ । 


नेकपा एमाले प्रदेश कमिटीले प्रतिनिधि छनोटमा कुनै विवाद नरहेको भनिरहेको बेला कैलालीमा असन्तुष्ट पक्षले महाधिवेशन प्रतिनिधि चयन गरेको हो । 


Author

थप समाचार
x