बिग्रेको देश खेल क्षेत्रले बनाउँछ : ओली
काठमाडौँ – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बिग्रेको देश खेल क्षेत्रले बनाउने बताएका छन् । नेपाल खेलकुद महासंघले आइतबार आयाेजना गरेको ‘खेल नीति सम्मेलन’लाई सम्बोधन गर्दै ओलीले खेलले मानव शरीरलाई स्वस्थ बनाउन मद्दत गरेजस्तै बिग्रेको देशलाई पनि खेल क्षेत्र सुधार्ने र बनाउने बताए ।
‘फिजियोथेरापीले नचलेको हात चलाउँदो रैछ, नचलेको हात चलाउँदो रैछ, दुखेको ढाडलाई निको बनाउँदो रैछ’, उनले भने, ‘खेलले बिग्रेको देशलाई पनि बनाउँछ । विवाद भएको देश आफ्नो खेलाडी टिमलाई पठाउने गरेको छ ।’ मस्तिष्कमा पर्याप्त अक्सिजन नपुगे ऐंठन हुने भन्दै उनले शरीरका अंगमा पर्याप्त अक्सिजन पुर्याउन खेल र व्यायामले सहयोग गर्ने बताए । यसर्थ खेल मानव स्वास्थ्यका लागि अतिआवश्यक रहेको उनको भनाइ छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया