राजनीति

पूर्वराज्यमन्त्री यादवद्वारा एमाले पार्टी परित्याग

इकागज |
मंसिर ५, २०७८ आइतबार १७:५२ बजे

बुटवल - एमाले नेता ओमप्रकाश यादवले पार्टीको सम्पूर्ण पदबाट राजीनामा घोषणा गरेका छन् । मायादेवी गाउँपालिका-६ शिवपुरमा शनिबार पत्रकार सम्मेलन आयोजना गर्दै यादवले एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ४ को सह-इञ्चार्ज पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

नेता यादवले महाधिवेशन प्रतिनिधि छनोटको निर्वाचनमा भएका गतिविधिबारे असन्तुष्टि जनाएका छन् । उनले प्रतिनिधि छनोटका क्रममा भएका गतिविधिको छानबिन र समीक्षा गर्न नेतृत्वसमक्ष आग्रह गरेका छन् । उनी पूर्वकृषि राज्यमन्त्रीसमेत भइसकेका नेता हुन् ।



Author

थप समाचार
x