कांग्रेस तेह्रथुमको जिल्ला अधिवेशन सुरू
तेह्रथुम – नेपाली कांग्रेस तेह्रथुमको जिल्ला अधिवेशन सुरु भएको छ । जिल्ला सचिव सन्तोष सुब्बाका अनुसार केन्द्रीय सदस्य सीता गुरुङको प्रमुख आतिथ्यतामा अधिवेशन सुरू भएको हो । जिल्ला सभापतिको लागि अर्जुन तुम्बाहाम्फे र कमल ढुंगाना प्रतिस्पर्धामा छन् । अधिवेशनमा प्रदेश सभा (क) अन्तर्गत म्याङलुङ नगरपालिकाबाट १ सय ७६, लालिगुराँस नगरपालिकाबाट १ सय ५१ र छथर गाउँपालिकाबाट ९७ गरी ४ सय २४ जना क्षेत्रीय प्रतिनिधि छन् ।
प्रदेश सभा (ख) आठराई गाउँपालिकाबाट १ सय १८, फेदाप गाउँपालिकाबाट ८५ र मेन्छ्यायेम गाउँपालिकाबाट १ सय ६ गरी ३ सय ९ जना क्षेत्रीय प्रतिनिधि छन् । जिल्ला अधिवेशनमा ७ सय ३३ क्षेत्रीय प्रतिनिधिको सहभागिता रहने जिल्ला निर्वाचन अधिकृत लक्ष्मण रञ्जीतले बताए ।
अधिवेशन सुरू हुनुअघि सदरमुकाम म्याङ्लुङमा पार्टीका नेता कार्यकर्ताले च्याब्रुङ, नौमती बाजाको साथमा बजार परिक्रमामा गरेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया