राजनीति

मन्त्री यादवद्वारा कांग्रेस प्रदेश २ सभापतिमा उम्मेदवारी घोषणा

इकागज |
मंसिर ६, २०७८ सोमबार १९:१ बजे

जनकपुरधाम - प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले नेपाली कांग्रेसका प्रदेश सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सोमबार निवासमा पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री यादवले उक्त घोषणा गरेका हुन् ।

कांग्रेसका प्रदेश २ का संसदीय दलका नेतासमेत रहेका मन्त्री यादवले पार्टीलाई बलियो बनाउन तथा निर्वाचनमा राम्रो परिणाम ल्याउने लक्ष्यसहित आफूले प्रदेश सभापतिमा उम्मेदवारी दिन लागेको बताए । प्रदेश सभापतिमा विजयी भएपछि आफूले ८ कट्टा जग्गामा सुविधा सम्पन्न प्रदेश भवन बनाउने मन्त्री यादवले प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।


१४ वर्षसम्म नेपाली कांग्रेस धनुषाका सभापति रहिसकेका मन्त्री यादवले पाँच वर्ष जिल्ला विकास समिति धनुषाका सभापति रूपमासमेत बसेका थिए । कांग्रेसका उपसभापति बिमलेन्द्र निधिनिकट मन्त्री यादवलाई प्रदेश सभापति उम्मेदवारी दिएपछि प्रदेश २ का निधिको समीकरण बिग्रिने जानकारहरूको भनाइ छ ।


Author

थप समाचार
x