एमालेले महाधिवेशनका लागि बनायो ११ सदस्यीय अध्यक्ष मण्डल
काठमाडौँ - नेकपा एमालेले दशौँ महाधिवेशनका लागि अध्यक्ष मण्डल र माइन्युट कमिटि बनाएको छ। आज मंगलबार बसेको स्थायी कमिटी बैठकले महाधिवेशनको लागि ११ सदस्यीय अध्यक्ष मण्डल बनाएको हो।
एमालेले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, महाचिव ईश्वर पोखरेल, नेता सुवास नेम्वाङ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, लालबाबु पण्डित, छविलाल विश्वकर्मा र गोमा देवकोटा रहेको अध्यक्ष मण्डल बनाएको हो।
त्यस्तै एमालेले पृथ्वीसुब्बा गुरुङ, विष्णु रिजाल, सूर्य थापा, ठाकुर गैरे, मनोज थापा, गोविन्द नेपाली, ज्वालाकुमारी साह रहेको माइन्युट कमिटी बनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया